हामीसँग जोडिनुहोस

युवा साकोसको २१औं बार्षिक साधारण सभा सम्पन्न

2 मिनेट

६ असोज २०७६, भक्तपुर। भक्तपुर । युवा बचत तथा ऋण सहकारी संस्था लि. को २१औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी अभियानले आम मानिसको जीवनस्तर रुपान्तरण गरेको उल्लेख गर्दै सरकारको सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानको एउटा शसक्त क्षेत्र सहकारी भएकाले जनताको सन्तुष्टीका लागि सहकारीले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सरकारले सहकारीमार्फत गरिबीको रेखामूनि रहेका आम मानिसहरुको जीवनस्तर रुपान्तरणका लागि उत्पादन र रोजगारीको अवसर सिर्जना गर्ने ढंगबाट सहकारीहरुको व्यवस्थापन र सञ्चालनको नीति अंगिकार गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकहरुका लागि नागरिकहरुद्धारा नै सञ्चालन हुने सहकारी नीतिलाई आत्मसाथ गर्दै सहकारीलाई उत्पादन, रोजगारी र विकाससँग जोड्नुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष प्रल्हाद बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कोषाध्यक्ष कान्छाभक्त घजु, संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार संयोजक श्रीराम लामिछाने, चाँगुनारायण नगरपालिका वडा नं. ६ र ७ का अध्यक्ष द्धय सन्तबहादुर वाइवा र ज्ञानबहादुर केसी, चाँगुनारायण नगरस्तरिय सहकारी सञ्जालका संयोजक उमेश प्रधान, नगरपालिकाका सहकारी शाखा प्रतिनिधि भुवनहरी अधिकारी, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाई, झझल्को साकोसका अध्यक्ष मनोज गिरी, सिद्धिगणेश साकोसका सचिव रुद्र नारायण लाखालगायतले समृद्ध नेपाल निर्माण र नागरिकहरुको आर्थिक उन्नतीमा सहकारी अभियानले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा १० जना असल ऋणीलाई सम्मान गरिएको थियो भने बर्ष कर्मचारी पुरस्कारबाट कार्यालय सहायक पुजा थिङ्गलाई पुरस्कृत गरिएको उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सविता खत्रीले जानकारी दिनुभयो । साधारण सभामा बाल सदस्यहरुले राष्ट्रिय भावनाका गितहरुमा नृत्य प्रस्तुत गरेका थिए ।


सो अवसरमा संस्थाका अध्यक्ष प्रल्हाद बास्तोलाले युवा साकोसको स्थापना, यसको उद्देश्य र संस्थाले प्रदान गर्दै आएको सेवाका सन्दर्भमा जानकारी दिनुभयो । उहाँले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा संस्थाले खेलेको भूमिकाका बारेमा चर्चा गर्नुभयो ।
साधारणसभाले संस्थाका सचिव सोम शर्मा (बजगाईं)द्धारा प्रस्तुत बार्षिक प्रगती प्रतिवेदन तथा प्रस्ताविक कार्यक्रम, कोषाध्यक्ष प्रकाश बास्तोलाद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक जयराम बास्तोलाद्धारा प्रस्तुत आन्तरिक लेखा परिक्षण पारित गरेको छ । संस्थाले आ.ब. ०७५÷०७६ मा ३८ करोड ७५ लाख ८१ हजार बचत संकलन गरि ३५ करोड २० लाख ४४ हजार कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक बिनोद लामिछानेले जानकारी दिनुभयो । संस्थाले आ.ब.०७५÷०७६ मा ७१ लाख ५० हजार रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ । संस्थामा हाल ३७ सय ४५ सदस्य रहेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।