हामीसँग जोडिनुहोस

धुम्रपान छाड्ने उपायहरु यस्तो छ

2 मिनेट

प्रत्यक्ष रुपमा धुम्रपानले शरीरलाई हानीण् गर्छ भन्ने थाहा हुँदा हुँदै पनि यसको कुलतमा फसेकालाई धुम्रपान छाड्न निकै ग्राहो हुने गर्दछ । चुरोटका प्याकेट देखि विभिन्न सचेतना कार्यक्रममा समेत यसको बेफाइदाबारे उल्लेख भएको हुन्छ तर धुम्रपानका अम्मलीले यसलाई छाड्न सक्दैनन् । यदि तपाईमा पनि धु्रमपानको लत छ भने यसलाई छाड्ने पाँच उपाय यस्ता छन्(

१)  मात्रा घटाउदै जाने
यदि तपाई धुम्रपानको लतमा हुनुहुन्छ भने यसलाई बिस्तारै घटाउँदै लैजानुपर्छ । दैनिक १० खिल्लि चुरोट पिउनु हुन्छ भने यसलाई बिस्तारै दैनिक एक एक वटाको संख्यामा घटाउनु पर्छ । यसरी जब तपाई दैनिक एक वा दुई वटा चुरोट पिउने अवस्थामा आइपुग्नु हुन्छ तब कुनै कुनै दिन ग्याप राखि यसलाई छाड्ने प्रयत्न गरे तपाईंले धुम्रपान चटक्कै छाड्न सक्नुहुन्छ ।

२) धुम्रपान गर्ने स्थान नजाने
तपाई धुम्रपान छाड्ने मनस्थितीमा हुनुहुन्छ भने तपाईले चुरोट पिउने स्थानलाई त्याग्नु पर्छ । साथै अन्य कोही चुरोट खाने ब्यक्ति छन् भने पनि उनीहरुबाट समेत तपाई टाढिनुपर्छ । निकोटिनको स्वाद वा यसको गन्धले धुम्रपान छाड्ने मनसाय बनाए पनि आर्कषित गर्छ तसर्थ चुरोट पिउने स्थान र संगतबाट टाढिनु सबैभन्दा राम्रो उपाय हो ।

३) मुख खाली नराख्नुहोस्
धुम्रपानको लत बसेको मानिसलाई केहि फुर्सद वा मुख खाली हुनासाथ चुरोट पिउन मनलाग्छ । त्यसैले जतिबेला तपाईंको मुख खाली हुन्छ तब तपाई केही न केहि खाने वा चपाउने गर्नुहोस् । छुर्पि, चुइगम, अलैची, ल्वाङ वा अरु केहि वस्तु तपाइले मुखमा राखिराख्नु भएको छ भने तपाईलाई चुरोट पिउनु पर्ने मनसायलाई बदल्ने गर्दछ ।

४) दैनिक व्यवहारमा परीवर्तन गर्नहोस्
धुम्रपानको व्यवहारबाट आजित हुनु भएको छ तर छाड्न नसक्ने अवस्थामा हुनुहुन्छ भने तपाई आफ्नो दैनिकिमा परीवर्तन गर्नुहोस् । स्वच्छ हावापानि तथा वातावरण भएको स्थानमा बस्नुहोस् । कोठा वा घरमा चुरोट पिउन छाड्नुहोस् । कोठाका झ्यालहरु खुल्ला राख्नुहोस् । साथै मनपर्ने प्रकारका संगीत सुन्ने बानि बसाउनुहोस् । चुरोट पिउने समयमा आफुलाई ब्यस्त राख्नुहोस् ।

५) धुम्रपान छाड्ने अठोट
धुम्रपान त्याग्ने सोचेर मात्र हुँदैन, यसलाई अठोटका रुपमा प्रण गर्नुपर्छ । आफूसँग भएका लाइटर, एस्ट्रे, सिगरेट होल्डर हरु हटाउनुपर्छ । काम गर्दा आफ्नो मनस्थितीमा धुम्रपानको ख्याल नआउने काम गर्नुहोस् । कम्प्युटरमा ब्यस्त हुने, साथीहरुसंग कुरा गर्ने तथा भोलि के गर्ने त्यसको योजना बनाउनुहोस् । यसले बिस्तारै तपाईको चुरोट पिउने लत त्याग्न मद्दत गर्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।