हामीसँग जोडिनुहोस

सडक जामका कारण बिरामीको ज्यान गयो

1 मिनेट

जामका कारण एक जना विरामीको बाटोमा नै मृत्यु भएको छ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् ।

रौतहटबाट काठमाडौं आउँदै गरेको ना७ख ५३६४ नंम्बरको बसमा शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो ।उनी मिर्गौलाको रागी थिए । उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा मृत्यु भएको महादेवबेसी प्रहरी चौकीले जानकारी दिएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि काठमाडौँ ल्याइँदै थियो । १२ घण्टाभन्दा बढी लामो जाम कुर्नु पर्दा बिरामीको मृत्यु भएको आफ्न्त गुनासो गर्दछन् । एम्बुलेन्समा ल्याउन पैसा अभावका कारण भाडाको बसमा रातकिो समयमा राजधानी ल्याइँदै थियो । शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको छ । शाहको साथमा आमा, भाइ र दाजु थिए । उनको आमाको काखमै ज्यान गएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।