हामीसँग जोडिनुहोस

विश्व मुटु दिवसको सुरुआत गर्दै नर्भिककाे प्रभातफेरी, भाेलि विशेष प्रशिक्षण दिइने

2 मिनेट

नर्भिक इन्टरनेशनल हस्पिटलले आज काठमाडौंमा एक प्रभातफेरी कार्यक्रमको आयोजना गरी यस वर्षकाे विश्व मुटु दिवसकाे सुरुआत गरेकाे छ ।

गतवर्ष नर्भिकमा विविधखाले मुटुरोगका सफलतापूर्व उपचार गराई नव जीवन प्राप्त गरेका विरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारण साे प्रभातफेरी कार्यक्रममा संलग्न थिए ।

प्रभातफेरीमा नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्रा.डा. यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत, संघ संस्थाका पदाधिकारीहरू गरी करिब २०० जना सहभागी रहेकाे हस्पिटलका नायव महाप्रबन्धक आरपी मैनालीले जानकारी दिए ।

बिहान साढे ६ बजे नर्भिकको प्राङ्गणबाट सुरु भएकाे प्रभातफेरी कुपण्डोल, पाटनढोका, कृष्णमन्दिर हुँदै नर्भिकमै पुगेर टुङ्गिएको थियो ।

हरेक पर्ष सेप्टेम्बर २८ तारीखका दिन मनाइने विश्व मुटु दिवस यसवर्ष भाेलि असोज ११ गते शनिबार परेकाे छ । साे अवसरमा शनिबार बिहान ११ः३० बजे निर्धारित नर्भिकको विश्व मुटु दिवस २०१९ को औपचारिक कार्यक्रम आयोजना गरिने कार्यक्रम तय भएको छ समेत मैनालीले जनाए ।

मैनालीका अनुसार कार्यक्रमपूर्व बिहान ८ बजेदेखि १० बजेसम्म मुटुरोग, यसका जटिलताहरु, रोकथामका उपायहरु, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानीहरु, जीवन बचाउका उपायहरु आदि बारे विरामी पक्षलगायत सर्वसाधारणलाई विशेष प्रशिक्षण दिइने कार्यक्रम रहेकाे छ । प्रशिक्षण प्रा.डा भट्टसहितको मुटुरोग विशेषज्ञहरुको टोलीले नर्भिकको ओपीडी विभागमा दिनेछ ।

विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि विश्व मुटु दिवस मनाउन थालिएकाे हाे ।

विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् । हाल उक्त संख्या अझै बढी भएको अनुमान छ । तसर्थ मुटुरोगलाई संसारकै एक नम्बरको ज्यानमारा मानिन्छ । अर्कोतर्फ मुटुजन्य रोग लागी त्यसले ज्यान नलिए पनि अङ्गभङ्ग हुने लगायतका अन्य जटिलताहरू समेत निम्त्याउने गर्दछ ।

हाल विश्वमै मानव मृत्युको प्रमुख कारण हुँदै त्यसले सिर्जना गर्ने सामाजिक र आर्थिक बोझमा पनि मुटुजन्य रोगजस्ता नसर्ने रोगको हिस्सा एक नम्बरमै रहेको छ । त्यसखाले विकराल समस्याबाट जोगिने भनेकै मानिसहरूलाई रोग लाग्नबाट कसरी बचाउने भन्ने हो । यसमा जनचेतनाको अत्यन्तै ठूलो भूमिका रहन्छ । यसैले नेपालमा पनि मुटु दिवस मनाउन थालिएकाे हाे ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।