हामीसँग जोडिनुहोस

कोरोना संक्रमितको उपचार सोलुखुम्बुको मुक्लीमै, स्थानीयवासी हर्षित

2 मिनेट

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका केन्द्र मुक्लीमा कोभिड अस्थायी अस्पताल सञ्चालन भएपछि स्थानीयवासी हर्षित भएका छन् । जटिल प्रकृतिको कोरोना संक्रमण भए पनि अक्सिजन सहितको उपचार गाउँमै हुनथालेपछि स्थानीयवासी हर्षित भएका हुन् ।

कोरोना संक्रमितलाई अक्सिजन सहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताउँनुभयो । ४५ वर्षीया खत्रीलाई समेत स्वासप्रस्वासमा समस्या देखिएपछि बिहिबार सोही अस्पतालमा भर्न गरेपछि स्वस्थ बनेको खत्रीको भनाई छ ।

नर्सीङ नेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिना खत्रीले उपचारमा काठमान्डौ जाने योजना बनाएको भएपनि गाउँमै उपचार संभव भएको प्रति खुसी व्यक्त गर्नुभयो । “यस्तो महामारी छ, कसरी जानुभन्ने चिन्ता थियो ।” उहाँले भन्नुभयो, “खर्च संगै समयको बचत र कम त्रासमा उपचार हुनु हामी जस्ता ग्रामीण क्षेत्रका नागरिकका लागि सुखद् पक्ष हो ।”

काठमान्डौको विभिन्न अस्पतालमा अक्सिजन समेत नपाएर बिरामीको मृत्यु भएको खबरले आक्रन्त बनेको बेला गाउँमा उक्त सेवा पाउँदा यहाँका नागरिकले सरकारलाई स्याबासी दिन्छन् ।

यस्तै कोभिड–१९ को संकास्पद लक्षण भएकी बुद्धिमाया माझीको पनि कोभिड अस्पतालमै उपचार संभव भएपछि स्थानीय सरकारलाई धन्यवाद दिनुभएको छ । स्वास फेर्न निक्कै गाह्रो भएर उपचारमा आएको उहाँको भनाई छ । टाढा अस्पताल जान नसक्ने अवस्थामा भएपनि गाउँमै सेवा पाउँदा आफ्नो ज्यान बचेको माझीेले सुनाउनुभयो ।

गत वर्ष कोरोना संक्रमण पुष्टि हुनेबित्तिकै कोभिड अस्पताल बिराटनगर लानुपर्ने बाध्यताको अत्य भएपछि सोलुखुम्बुबासीलाई सहज भएको छ ।

स्वास्थ्य शाखा सह–संयोजक तथा गाउँपालिकाका सूचना अधिकारी बिशाल बाबु राईले गाउँमा कोरोना संक्रणको दार बढेसंगै गाउँपालिकाले निगरानी बढाएको बताउँनुभयो । कुनैपनि संकास्पद लक्षण देखिएको जानकारी हुनसाथ स्वास्थ्यकर्मी पुगेर परीक्षण गर्ने गरेको उहाँको भनाई छ ।

नागरिकको जीवन रक्षा गर्ने दायित्व स्थानीय सरकारको भएकाले सोही अनुसार व्यवस्थापनमा केन्द्रित भएको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो । अहिले १० जना जटिल प्रकृतिको बिरामीको उपचार गर्न सक्ने क्षमताको अस्पताल सञ्चालमा रहेको भन्दै अध्यक्ष राईले आवश्यकता अनुसार यसलाई विस्तार गर्ने बताउँनुभयो ।

“सकेसम्म नागरिकलाई गाउँपालिका बाहिर उपचारमा जान नपर्ने गरि व्यवस्थपन गरेका छौ ।” अध्यक्ष राईले भन्नुभयो, “सामान्य लक्षण सहितको बिरामीलाई औषधी किट सहित घरैमा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने र जटिल प्रकृतिका बिरामीलाई निशुल्क उद्धार गरि कोभिड अस्थायी अस्पतालमा ल्याउने व्यवस्था गरेका छौ ।”

उक्त अस्पतालमा एक जना एमबीबीएस डक्टर, दुई जना स्टाप नर्स, एक जना ल्याब असिस्टेण्ट, दुई जना अनमी, दुई जना स्वास्थ्य सहायक र एक जना कार्यालय सहयोगी रहेका छन् ।

गाउँपालिका अध्यक्ष आफै चढ्ने गाडीलाई समेत एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ । कोरोना संक्रमितको उद्धारका लागि अध्यक्षको गाडी सहित दुई वटा एम्बुलेन्स र अर्को एउटा निजि गाडी तयारी अवस्थामा राखेको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो ।

उक्त गाउँपालिकामा हाल सम्म १०६ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमा पुष्टि भएको छ । जस मध्ये ४ जना निको भईसकेको स्वास्थ्य सह–संयोजक विशाल बाबु राईले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।