
१७ असोज २०७६ ।
भारतले प्रतिबन्धित गरेको ५ सय र एक हजारका भारतीय नोट साट्ने व्यवस्था मिलाउन आग्रह डा.युवराज खतिवडा र भारतीय वित्तमन्त्री निर्मला सितारमणबीच आज भएको भेटवार्ता भएको गरेका छन् ।
भारतमा जारी विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी अर्थमन्त्री डा।.युवराज खतिवडा र भारतीय वित्तमन्त्री निर्मला सितारमणबीच आज भेटवार्ता भएको थियो ।
भारतले आफ्नो देशका नागरिकसँग रहेका ती नोट सटही गरे पनि नेपालमा रहेको ठूलो परिमाणको नोट साट्न इन्कार गर्दै आएको छ ।
भेटमा भारतीय वित्तमन्त्री निर्मला सितारमणले नेपाल–भारत बीचको सम्बन्ध सदियौ देखि भएको उल्लेख गर्दै आगामी दिनमा सहयोग बढाउने बताइन । उनले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने आश्वासन समेत दिएकी छिन । भेटमा अर्थमन्त्रीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्ता समेत दिएका छन ।