
१९ असोज २०७६ ।
हेटौंडा उपमहानगरपालिका–१७, राजदेवीमा आइतबार करेन्ट लागेर आमाछोराको मृत्यु भएको छ । बुहारी घाइते भएकी छन् । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीया लेखमाया पराजुली र उनका २८ बर्षीय छोरा मदन रहेका छन् । उनीहरुको उपचारको क्रममा हेटौंडाको चुरेहिल हस्पिटलमा मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
विद्युत प्रवाह भइरहेको तार छिनेर बारीमा झर्दा घाँस काट्न गएकी लेखमायालाई करेन्ट लागेको थियो । आमालाई करेन्ट लागेपछि बचाउन गएका छोरा मदन र बुहारी रेनुकालाई समेत करेन्ट लागेको थियो । घाइते बुहारी रेनुकाको उपचार सामान्य रहेको बताइएको छ ।