हामीसँग जोडिनुहोस

चीनको ऋणजालमा नफस्न बाबुराम भट्टराईको सुझाव

1 मिनेट

२३ असोज २०७६ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रेल ल्याउँदा ऋणको जालमा नफस्न सुझाव दिएका छन्। बिहीबार उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणका विषयमा प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीहरू बीचको छलफल कार्यक्रममा सरकारलाई सुझाव दिएका हुन्।

ुरेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउन पर्छ,ु उनले आफ्नो ट्वीटर मार्फत भनेका छन्, ुसडकमा बढी जोड दिने। कर्णाली(गण्डकी(कोशी कोरिडोरलाई प्रथमिकता दिनुपर्छ। पूर्वप्रधानमन्त्री भट्टराईले सरकार समक्ष ६ बुँदे सुझाव दिएका हुन्। उनले ऋणरअनुदानभन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिन आग्रह गरेका छन्।

त्यस्तै चीनसँग मात्र तत्काल सुपुदर्गी सन्धि नगर्न, लिपुलेकको त्रिदेशीय व्यापारमार्गको सम्झौतामा नेपाललाई पनि जोड्न र १९६०को नेपाल(चीन मैत्री सन्धि अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्न सुझाव दिएका हुन्।

उनले चीनको यो चासोलाई अवसरका रुपमा लिन र भारत तथा चीन दुवैसँगको सम्बन्ध ख्यालमा राख्न समेत उनले आग्रह गरेका छन्। बेल्ट एण्ड रोड इनिसिएटिभ ुबिआरआईु र इन्डो प्यासिफिक रणनीति ुआइपीएसु रणनीति दुवैबाट पनि लाभ लिन सकिने बताएका हुन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।