
२५ असोज २०७६ काठमाडौं । चिनिँया राष्ट्रपति सी चिनफिङ शनिवार नेपाल आउँदै हुनुहुन्छ । उहााको भ्रमण तालिका यस्तो छ :
शनिबारः बेलुकी करिब ४ः३० देखि ५ः३० बजे सम्ममा त्रिभुवन विमानस्थलमा उत्रने कार्यक्रम रहेको छ । करिब ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने कार्यक्रम तय भएको छ । करिब ७ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने बताइएको छ ।
आइतबारः करिब १०ः३० बजे द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने र करिब १२ः३० बजे नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।