
२५ असोज २०७६, भक्तपुर ।
नेपाल सरकार स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत संघीय संसदका सांसद महेश बस्नेत र सूर्यविनायक नगरपालिकाको संयुक्त रुपमा रु. ३२ लाखको लागतमा निर्माण सम्पन्न सामुदायिक भवनको उद्घाटन गरिएको छ ।
सूर्यविनायक नगरपालिका ७ कार्यालय गुण्डुले आज गुण्डू चोकमा निर्माण भएको उक्त सामुदायिक भवनको संघीय सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सांसद बस्नेतले उक्त सामुदायिक भवनमा आजै कार्यालय स्थापना भएको गुण्डु खानेपानी तथा सरसफाई मूल उपभोक्ता समिति र महानगरीय प्रहरी प्रभाग गुण्डुको कार्यालय भवनको समेत एकैसाथ उद्घाटन गरि हस्तान्तरण गर्नुभयो ।
सांसद एवं नेकपाका केन्द्रीय सदस्य, युवा ईन्चार्ज महेश बस्नेतले आजबाट दुईदिने नेपाल भ्रमणमा आउन लाग्नु भएका चिनियाँ राष्ट्रपति राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपाल र चीनको सदियौदेखिको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
यस क्षेत्रमा व्यापक बस्ती विस्तार भईरहेको चर्चा गर्दै उहाँले सामुहिक भोज, किरियापुत्री, विवाह ब्रतबन्ध गर्न मिल्ने गरि अर्को ठूलो सामुदायिक भवन बनाउने योजना पनि अगाडि बढेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, महानगरीइ प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, वडा नं. ७ का वडाअध्यक्ष रबिन्द्र सापकोटा, खानेपानी समितिका अध्यक्ष मनकराम थापा लगायतले जिल्लामा निकै पछाडि परेको गुण्डुले नाटकीय रुपमा विकासमा फड्को मारेको चर्चा गर्नुभयो ।