हामीसँग जोडिनुहोस

जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन्, स्वास्थ्यभन्दा ठूलो केही छैनः विनोद चौधरी

1 मिनेट

काठमाडौं । उद्योगपति एवम् सांसद् विनोद चौधरीले कोरोना संक्रमण बढेकाले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गर्नुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत चौधरीले यस्तो बेला जोखिम लिनु बुद्धिमानी नहुने बताएका हुन् ।

चौधरीले स्वास्थ्यभन्दा अहिले ठूलो केही नभएको भन्दै जोखिम बढेकोले सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्। उनले जीवन रहे पढाइ र परीक्षाको अवसर आउने भन्दै जोखिम लिनु बुद्धिमानी नहुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सबैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ। यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन। जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन्। त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, अबेर नगरौं। सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।’ कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।