हामीसँग जोडिनुहोस

भक्तपुरमा पत्रकारहरुद्धारा भेरोसेलको दुबैमात्रा खोप प्राप्त

2 मिनेट

भक्तपुर, २२ साउन ।
भक्तपुरमा पत्रकारहरुले चिनियाँ खोप भेरोसेलको दुबैमात्रा प्राप्त गरेका छन् । बिहीवार उनीहरुलाई कोभिड बिरुद्धको चिनियाँ खोप भेरोसेलको दोश्रो मात्रा दिइएको हो । नेपाल पत्रकार महासंघ भक्तपुरको पहलमा भक्तपुरका पत्रकारहरुले खोप प्राप्त गरेका हुन् । महासंघमा आवद्ध प्राय सबै पत्रकारलाई कोभिड बिरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको सचिव संजीप घिमिरेले जनाउनु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, कटुन्जेको सहयोग र कटुन्जे स्वास्थ्य चौकीको समन्वयमा बिहीवार पत्रकारलाई खोप लगाउने कार्यक्रम सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । बिबिध परिस्थितिका कारण खोप लगाउन छुटेका पत्रकारलाई सूचित गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ । सचिव घिमिरेका अनुसार महासंघको भक्तपुर शाखामा १९७ सदस्य रहेका छन् ।
यस अघि भक्तपुरका पत्रकारलाई असार १० गते भेरोसेलको पहिलो मात्रा दिइएको थियो । असार १० गते भक्तपुर नगरपालिकाको च्यामासिंहस्थित जनस्वास्थ्य केन्द्रमा पहिलो मात्रा दिइएको थियो भने सूर्यविनायक नगरपालिकाको कटुन्जे स्वास्थ्य केन्द्रमा बिहीवार दोश्रो मात्रा दिइएको हो । भक्तपुरका १ दर्जन पत्रकार कोभिड संक्रमित भई अस्पताल नै पुग्नुपरेपछि महासंघले पत्रकारहरुको जीवन रक्षाको लागि खोपको पहल गरेको अध्यक्ष जगतकृष्ण प्रजापतिले जनाउनुभएको छ । भक्तपुरका सदस्य समेत रहनुभएका महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष एवं टेलिभिजनका पत्रकार दिलिप थापामगरले खोप प्राप्त गरेपछि जिल्लाको यो प्रशंसनीय कार्य भएको प्रतिक्रिया दिनुुभएको छ । त्यसैगरी भक्तपुर शाखाकी निवर्तमान महिला उपाध्यक्ष एवं गोरखापत्रकी फोटो पत्रकार कविता थापाले सधै फिल्डमा खट्नुपर्ने पत्रकारलाई खोपले आत्मबल बढाएको बताउनुभयो । उक्त अवसरमा नेपाल पत्रकार महासंघ, भक्तपुरका उपाध्यक्ष सुन्दर सिल्पकार, सहसचिव हेमराज ढकाल त्यसैगरी सस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्षद्वय विकल श्रेष्ठ र अमर भुजू त्यसैगरी अग्रज पत्रकार जीवन ढुंगाना,रत्न श्रेष्ठ, कृष्ण प्रजापति, जितेन्द्र रसिक, आरसी प्रजापति लगायतको समेत सहभागिता रहेको थियो । महामारीको समयमा आफ्ना सदस्यहरुको जीवन रक्षाका लागि खोप दिलाउन सफल भएको भन्दै पत्रकारहरुले वर्तमान कार्यसमितिप्रति सन्तोष ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ भक्तपुरले आफ्ना सदस्यहरुलाई खोप लगाउन सहयोग गरेकोप्रति बागमति प्रदेश सरकार, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजार, खोप अधिकृत प्रेम श्रेष्ठ लगायत कार्यालय परिवार त्यसैगरी कटुन्जे स्वास्थ्य चौकीका अध्यक्ष एवं वडाध्यक्ष राजकुमार जोशी, वरिस्ठ स्वास्थ्यकर्मी कृष्णप्रसाद अधिकारी, सम्झना नेउपाने लगायत स्वास्थ्य चौकी परिवार र जनस्वास्थ्य केन्द्र च्यामासिंहका डा लासिबा लगायतमा हार्दिक आभार समेत प्रकट गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।