
काठमाडौँ, २४ साउन ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा राकेश कुमार काशिभाई गोहिल नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ क्यान ले आज भारतका राकेशलाई फिटनेस ट्रेनरमा नियुक्त गरिएको जनाएको छ । क्यानले आवेदन दिएका ३८ जनाबाट राकेशलाई छनोट गरेको हो। क्यानले गत असार ३० गते फिटनेस ट्रेनरको लागि दरखास्त आह्वान गरेको थियो। एजेन्सि ।






