
काठमाडौँ, २५ साउन ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । हिजोका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । बैठक आज दिउँसो ३ बजे बस्नेछ ।
यसैगरी एमालेको स्थायी कमिटी बैठक पनि आज बस्ने भएको छ । विहान ११ बजे बैठकमा आगामी भदौमा एमालेको विधान अधिवेशनको प्रस्ताव अनुमोदन गर्ने तयारी छ ।






