
काठमाडौं, २३ भदौ ।
नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । आज दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्ने बताइएको छ ।
आजदेखि शुरू हुने दुवै संसद्को बैठकमा पार्टीले संसद् सञ्चालनसम्बन्धी रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।