
काठमाडौँ, २३ भदौ ।
इन्डोनेशियाको एक कारागारमा आगलागी हुँदा ४० कैदीबन्दीको मृत्यु भएको छ । इन्डोनेसियाको बैंटन प्रान्तमा रहेको कारागारमा आगलागी हुँदा ५० भन्दा बढी कैदीहरु घाइते भएका छन् । बिहानको समयमा अधिकांश कैदीहरु सुतिरहेको अवस्थामा आगलागी हुँदा कैदीबन्दीहरु भाग्न समेत नपाएको जनाइएको छ । आगलागि सुरु भएपछि कैदी बन्दीहरुलाई बाहिर निकाल्न नसकिएको जनाइएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनुभयो । एजेन्सी ।