
काठमाडौं, २३ भदौ ।
अफगानिस्तानमा तालिवानहरुले नयाँ सरकार घोषणा गरेका छन् । काबुल कब्जा गरेको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको हो । घोषणा अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने बताइएको छ ।
त्यस्तै, उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताउनुभएको छ । एजेन्सी