
काठमाडौँ,२७ भदौ ।
आज ला लिगमा रियल मड्रिडले सेल्टा भिगोको सामना गर्दैछ । सेल्टा भिगोविरुद्धको खेलमा विंगर गेरेथ बेल उपलब्ध नहुने भएका छन् । विश्वकप छनोट खेल्न वेल्सको टिममा फर्किएका बेल केही दिनअघि स्पेन आएका हुन् । उनी स्पेन आउँदसम्म पुर्ण रुपमा फिट रहेका थिए । उनलाई मांसपेशीको चोट लागको बताइएको जनाइएको छ । उनी आजको खेलका लागि भएको प्रशिक्षणका क्रममा चोट बोकेका थिए । बेलको चोटले रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई चिन्ता थपिएको छ । बेलले यस सिजन ला लिगामा शुरुवाती ३ खेल खेलिसकेका छन् । एजेन्सी ।