हामीसँग जोडिनुहोस

देउवाको गृह जिल्लाको डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने पौडेल पक्षको निर्णय

1 मिनेट

काठमाडौँ, २८ भदौ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बैठक गरेर पौडेल समूहले सभापति देउवाको गृह जिल्लाको वडा अधिवेशन अस्वीकार गर्न निर्णय गरेको हो । डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशन निष्पक्ष नभएको पौडेल समूहको ठहर छ । तल्लो तहबाट सिफारिस क्रियाशील सदस्य हटाउने र थप्ने काम आपत्तिजनक भएको पौडेलले बताउनुभएको छ । काँग्रेसमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा वडा अधिवेशन समेत अनिश्चित छ । देउवाको गृह जिल्लामा जिल्ला कार्यसमिति र वडा समितिले बहिस्कार गरेको पौडेलको भनाइ छ । यसले काँग्रेसको १४ ओैं महाधिवेशन निष्पक्ष हुनेमा आशंका उब्जिएको पौडेलले बताउनुभएको छ । डडेल्धुरामा सबैलाई समेटेर फेरि वडा अधिवेशन गर्नुपर्नेमा पौडेल पक्षको जोड छ । २५ गते भएको वडा अधिवेशनलाई मान्यता नदिन काँग्रेसको निर्वाचन समितिसँग माग गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।