हामीसँग जोडिनुहोस

अनेक जालझेललाई पछारेर संविधान आएको ओलीको भनाई

1 मिनेट

काठमाडौँ, ०३ भदौ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सात दशक लामो संघर्षबाट नेपालको संविधान प्राप्त भएको भन्दै जनताको बलिदानबाट प्राप्त संविधानलाई कार्यान्वयनको चरणमा लैजानु महत्वपूर्ण कुरा भएको बताउनुभएको छ । उहाँले संविधान ल्याउनुभन्दा पहिले देशबाहिर र भित्र रहेका जनता तथा बौद्धिक क्षेत्रमा बहस गरेर ल्याइएको बताउनुभएको छ । विश्वका सबै संविधानको तुलनात्मक अध्ययन गरेर आफूहरूले देखेका सपना समाहित भएकाले नेपालको संविधान उत्कृष्ट रहेको उहाँले दाबी गर्नुभएको छ । संविधानमा आफ्नो र आफ्नो समुदायको हक अधिकारलाई समावेश गर्नका लागि विभेद हुनु स्वभाविकै भएको उहाँको भनाइ छ। विभिन्न जालझेललाई पछारेर मुलुकले संविधान प्राप्त गरेको उहाँले बताउनुभएको हो । जनतामा रहेको सार्वभौमसत्ता र जनताबाट राज्य शक्ति निःसृत हुने र जनता नै राज्यका शक्ति हुने कुरालाई संविधानमा सुनिश्चित गरिएको उहाँको भनाइ छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।