हामीसँग जोडिनुहोस

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै, मन्त्री हुनेको नाम टुंग्याउने

0 मिनेट

काठमाडौँ, ०६ असोज ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको नेता गणेश साहले जानकारी दिनुभएको छ । माओवादीमा नारायणकाजी श्रेष्ठ, मातृका यादब, सुधन किराँती, शिवकुमार मण्डल, हरिबोल गजुरेलसहितका नेताहरु मन्त्रीका आकांक्षी रहनुभएको छ । आकांक्षी धेरै हुँदा मन्त्री हुनेको नाम टुंग्याउन माओवादीमा सकस छ । तथापि यसअघि मन्त्री नभएका तथा भूगोल र समावेशीका आधारमा मन्त्री चयन गर्ने तयारी भएको साहले बताउनुभएको छ । देउबा नेतृत्वको वर्तमान सरकारमा माओवादीका तर्फ जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री हुनुहुन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।