
काठमाडौँ, ०६ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डा।नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको छ । देउवाले आज खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ । हिजो साँझ बसेको सत्ता गठबन्धनको बैठकले परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति गरेको थियो। अन्य मन्त्रालयको भागबण्डाका बारेमा छलफल भएपनि सत्ता गठबन्धन टुंगोमा पुग्न सकेन। परराष्ट्रमन्त्रीविहिन अवस्थामा रहँदा अन्तर्राष्ट्रिय स्तरमा मुलकको छबिमाथि नै प्रश्न उठन थालेपछि सत्ता गठबन्धन दलले अन्य मन्त्रालयलाई बाँकी राखेर परराष्ट्रमन्त्रीको टुंगो लगाएको हो। परराष्ट्रमन्त्रीमा शपथ लिए लगत्तै खडका संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ ।