हामीसँग जोडिनुहोस

विश्वकप छनोट खेलमा जर्मनी, नेदरल्यान्डस र क्रोएशिया विजयी

1 मिनेट

काठमाडौं, २४ असोज । कतार विश्वकप छनोट खेलमा जर्मनी, नेदरल्यान्डस र क्रोएशियाले जित हात पारेका छन् । गएराति भएको युरोपको छनोट खेलमा समुह जे मा रहेको जर्मनीले रोमानिया माथि दुई एकको जित हात पार्यो । घरेलु टोली जर्मनीले, रोमानियाको एक शून्य गोलको अग्रता उल्ट्याएको थियो । राष्ट्रिय टिमका लागि मुल्लरको प्रतिस्पर्धात्मक खेलमा सन् २०१७ यताको यो पहिलो गोल हो । अब आगामी सोमबार नर्थ मेसिडानियालाइ पराजित गरे र रोमानिया अर्मेनियासँग हारे जर्मनी २०२२ को कतार विश्वकपका लागि छनोट हुनेछ । सात खेलबाट १८ अंक जोडेको जर्मनी तालिकाको शीर्ष स्थानमा छ । समूह जी मा रहेको नेदरल्यान्डसले लात्भियालाई एक शून्यले हराउँदा डाभी क्लासेनले, माम्फिस डिपायेको कर्नरमा गोल गरेका थिए । क्रोएसशयाले साइप्रसलाई तीन शून्यले पराजित गरेको छ । वेल्स भने चेक रिपब्लिकसँग २–२ गोलको बराबरीमा रोकियो । एजेन्सी

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।