हामीसँग जोडिनुहोस

प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै

1 मिनेट

काठमाडौँ, ०७ कात्तिक ।
प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै छन् । यसअघि स्थगित बैठकमा सभामुखले आज दिउँसो प्रदेश १ मा मत विभाजन हुने जानकारी दिएका थिए । तर, आचार्यले आज विश्वासको मत पाउने सम्भावना निकै कम छ । प्रदेशका बहुमत प्रदेश सभा सदस्य उनको विपक्षमा छन् । ९३ सदस्यीय प्रदेश सभामा अहिले ९२ जना सांसद रहेका छन् । प्रदेशमा बहुमत ल्याउनका लागि ४७ जना प्रदेश सभा सदस्यको साथ चाहिन्छ । तर, अहिले सत्तारुढ नेकपा एमालेसँग ४१ जना मात्र सांसद छन् ।
यसअघि नेकपा एकीकृत समाजवादीका १० जना एमाले नै रहँदा उनीहरुको नामसमेत समावेश गरेर भीम आचार्यले ठूलो दलको नेता भएकाले मुख्यमन्त्री भएका थिए ।
१० जनाले एमाले छाडेपछि मुख्यमन्त्री आचार्यका लागि समर्थन गर्ने सांसदको संख्या ४१ मा सिमित भएको छ ।सरकारको विपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक लिम्बुवान राष्ट्रिय मन्चले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने भएका छन् । उनीहरुले यो गठबन्धनबाट राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् ।
प्रदेश सभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र मन्चका एक जना सांसद छन् । राप्रपाका एक सांसदले अहिलेसम्म आफू कता लाग्ने भन्ने जनाकारी दिएकी छैनन् । विपक्षी गठबन्धनका यी मत संख्या जोड्दा ५० पुग्छ । त्यसैले विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई आज मुख्यमन्त्री बनाउँदै छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।