हामीसँग जोडिनुहोस

नेपालमा आज १ सय ८३ कोरोना संक्रमित थपिए

1 मिनेट

काठमाडौँ, १९ कार्तिक ।
कोभिड–१९ संक्रमितको संख्या घट्दै गएको छ। आज १८३ जनामा मात्रै संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ८४४ जनाको स्वाब परीक्षण गर्दा १८३ जनामा संक्रमण देखिएको हो। बिहीबार ३५६ जनामा संक्रमण पुष्टि भएको थियो। आज संक्रमण देखिएकामध्ये दुई हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जनामा र दुई हजार ५३७ जनाको एन्टिजन परीक्षण गर्दा नौ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, आज कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४३८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६४९ जना निको भएका छन्। अहिलेसम्म सात लाख ९४ हजार ४३८ जना निको भइसकेका छन्।।अब सक्रिय संक्रमितको संख्या आठ हजार ४१३ रहेको छ। उनीहरूमध्ये दुई सयको आईसीयू र ५५ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।आज देशभर तीन हजार ७७५ जनाले मात्रै खोप लगाएका छन्। तिहारको विदाका कारण खोप लागउनेको संख्या घटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।