हामीसँग जोडिनुहोस

दुई लाख ६८ हजार नगदसहित जुवाखालबाट १५ जना पक्राउ

1 मिनेट

भक्तपुर, १९ कात्तिक : प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशीटोलबाट आज बिहान दुई लाख ६८ हजार ३९० रुपैयाँ सहित (जुवा)कौडा खेल्ने खेलाउने १५ जनालाई पक्राउ गरेको छ ।

बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मंगोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई जुवा खालबाट नगदसहित २०९ थान कौडा सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

४२ वर्र्षीय धनबहादुर तामाङ, २४ वर्र्षीय बिरवल तामाङ, २६ वर्र्षीय शुक्रे तामाङ, २१ वर्र्षीय राजकुमार तामाङ, २९ वर्र्षीय संजय तामाङ, ३० वर्र्षीय सोनाम लामा, ३५ वर्र्षीय मनकुमार तामाङ, ३६ वर्र्षीय दिलिप्कुमार तामाङ, ३९ वर्र्षीय राजकुमार थिङ, ३२ वर्र्षीय बिरबहादुर तामाङ, २४ वर्र्षीय कुमार तामाङ, ३५ वर्र्षीय सुरज लामा, ३४ वर्र्षीय दिलिप तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरि प्रहरीले गोरखा जरङ गा.पा.–४ घर भई, चाँगुबस्ने ३७ वर्र्षीय सुमन गुरुङ , बारका सञ्चालक चाँगुनारायण नगरपालिका ६ तेलकोट बेशीटोल बस्ने ४० वर्र्षीय दीपककुमार तामाङ, २१ वर्र्षीय राजकुमार तामाङ, २९ वर्र्षीय सञ्जय तामाङ, ३० वर्र्षीय सोनाम लामा र ३५ वर्र्षीय मनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिनुभयो । बारका सञ्चालक तामाङले पहिलैदेखि नै पैसाको हारजीत हुने गरी जुवा खेल्ने खेलाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको र उनीहरुलाई आवश्यक कारबाही अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।