हामीसँग जोडिनुहोस

जब साँझ ढल्दै गयो, दुईपोखरीको आलीमा शास्त्रीय संगीत गुञ्जदै गयो

3 मिनेट

-रमेश गिरी

भक्तपुर, २६ मंसिर । ऐतिहासिक सम्पदाले परिपूर्ण परम्परागत शैलीमा निर्माण भएको मध्यपुरथिमिको दुई पोखरी अर्थात निगु पुखुः बत्तिको झिलिमिलि चम्किएको थियो । साँझ ढल्दै जादा दुई पोखरीको चौघेरा भित्र चम्किएका बत्तिले थप आकर्षक बनाइ रहेको थियो ।

पोखरीको पूर्व पट्टिको आली अर्थात डिलमा बनेको स्टेजमा तबला, हारमुनियम, तानपुरा, इशराज, पखवाज लगायतका बाजाहरु गुञ्जिरहेको थियो । साँझ ढल्दै जादा चम्किएको दुई पोखरी भित्र मध्यपुरथिमिमै पहिलो पटक आयोजना गरिएको आयोजना गरिएको खुल्ला सन्ध्याकालिन शास्त्रीय तथा भक्ती संगीत कार्यक्रमले लाग्थ्यो सिंगो मध्यपुरथिमि गुञ्जयमान बनिरहेको थियो ।

मध्यपुरथिमि नगरपालिकाको सहकार्य तथा मध्यपुर संगीतप्रेमी समाजले मध्यपुरथिमिको दुईपोखरीमा शनिवार साँझ आयोजना गरेको ‘सन्ध्याकालिन शास्त्रीय तथा भक्ती संगीत कार्यक्रमले’ मा बजेका संगीतको धुनलाई मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, मध्यपुरका जिउँदा इतिहास श्रीगोपाल प्रजापति, मध्यपुरकै बरिष्ठ कलाकर्मी, संगीतकर्मी, स्थानीयवासीले पोखरीको वरिपरि डिलमा बसेर प्रतक्ष्य रुपमा मन्त्रमुग्ध भएर सुनिरहनु भएको थियो । पोखरीमा छाडिएका एक जोडी सेता राजहंस पोखरीको पानीमा डुलेर कहिले किनारामा आएर पखेटा फरफराएको देख्दा संगीतको धुनमा यी पंक्षी पनि रमाइरहे झै लाग्थ्यो ।

शास्त्रीय तथा भक्ती संगीतको संरक्षण एवं जगेर्ना गर्ने, यहाँका नयाँ पुस्तालाई यसप्रति जागरुक बनाउने, मध्यपुरथिमि भित्र रहेका बिभिन्न लय र भावका दाफा भजनको संरक्षण गर्ने उदेश्यका साथ ऐतिहासिक सम्पदामा आयोजना गरेको कार्यक्रमले मध्यपुरथिमि कला, संस्कृति, सम्पदाले मात्रै नभई संगीतले पनि परिपूर्ण छ भन्ने पुष्टी गरेको बताउनु हुन्छ मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठ ।

दुई पोखरी मात्रै नभई शंखधर चोकस्थित शंखधर पार्क, बालकुमारी, निगु पुखुः, नगदेश, बोडेदेखि कुमारी पार्कसम्म अहिले गीत, संगीतका देखि बिभिन्न कार्यक्रम गर्ने आकर्षक थलो बनेको, बिभिन्न फिल्म तथा म्युजिक भिडियो निर्माणको केन्द्र बनेको बताउदै उहाँले आन्तरिक पर्यटनको विकासमा यो चारवर्षको अबधीमा ठूलो फ्ड्को मार्न सफल भएको उहाँ बताउनु हुन्छ ।

नगर प्रमुख श्रेष्ठ भन्नुहुन्छ, “यहाँका बासिन्दाले देखिरहनु भएको छ, चार वर्ष अगाडि मध्यपुर कस्तो थियो, यहाँका सम्पदा कहाँ र कस्ता थिए, आज कस्तो भएको छ, भित्र िगल्ली गल्ली र टोल टोलमा रहेका मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षण, भित्री तथा बाहिरी सडक, ढल, खानेपानीका समस्या समाधान गर्दै मध्यपुरथिमिको पहिचान बदल्न सफल भएको छु, भन्ने लाग्छ ।”

पानी चुहिने जीर्ण २५ वटा पाटीहरु आज सुन्दर स्वरुपमा परिणत मात्रै भएका छैनन् हरेक साँझ दाफा भजनले गुञ्जयमान हुन थालेका छन्, पुरिएका जीर्ण इनारहरु, झारले छोपिएका ऐतिहासिक ढुङ्गे धाराहरु, पुररिएका र खेल मैदान भएका पोखरीहरुले पुर्न जीवन पाएका छन्, फोहोर फाल्ने पाखो सुन्दर पार्कमा परिणत भएका छन्, वर्षौ बन्द भएका ऐतिहासिक नाच एवं पर्वहरु जीवित भएका छन्, मन्दिरदेखि बिहारसम्म, पाटीदेखि दरबारसम्मले बलिया भएर उठेका छन्, जनप्रतिनिधि भएर आए पछि त्यही नै हाम्रो सफलता हो उहाँ भन्नुहुन्छ ।

कार्यक्रममा शास्त्रीय गायनतर्फ निर्जल डंगोल, आर्जन डंगोल र निमेश कपालीको संयुक्त तबला बादन, श्री केसीको गायन, इशरान बाजामा सन्तोष भक्त श्रेष्ठ, परवाज बाजामा मिलेष तन्डुकार र तानपुरामा सुनिल शाहीले शास्त्रीय संगीत प्रस्तुत गर्नु भएको थियो । त्यस्तै मध्यपुरथिमिका स्थानीय १२ वटा समूहले बिभिन्न १२ वटा भक्ती संगीत तथा तीन वटा शास्त्रीय संगीतहरु प्रस्तुत गर्नु भएको थियो ।

मध्यपुर संगीतप्रेमी समाजका अध्यक्ष हरिसुन्दर लाखे श्रेष्ठले यहाँको संगीतलाई जगेर्ना गर्न र यहाँका गाउने तरिकाकाबारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गरेको बताउनु भयो । यहाँका दाफा भजनमा पुरानो पुस्ता, नयाँ पुस्तादेखि महिलासम्मको उत्तिकै लगाब र सहभागिता रहने गरेको बताउदै उहाँले यसको बिकास र संरक्षणका लागि पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।