हामीसँग जोडिनुहोस

शेरबहादुर देउवा पक्षको भेला लैनचौरमा सुरु

1 मिनेट

काठमाडौं,२६ मंसिर ।
कांग्रेस सभापति शेरबहादुर देउवा पक्षको भेला लैनचौरमा सुरु भएको छ । भेलामा देउवा पक्षका कार्यकर्ता, महाधिवेशन प्रतिनिधि र उम्मेदवारहरु सहभागी छन् । उक्त भेलामा उपसभापति पदका उम्मेदवार पूर्णबहादुर खड्का, महामन्त्री पदका उम्मेदवार प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरुको उपस्थिती छ । नयाँ नेतृत्वका लागि देउवा र कृष्णप्रसाद सिटौलाले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा देउवा, उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । सिटौला निकट प्रदीप पौडेल र देउवा निकट प्रकाशशरण महतले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । यस्तै, सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् । सहमहामन्त्रीमा उम्मेदवारी दिएका चौधरी पनि सिटौला खेमाका हुन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।