हामीसँग जोडिनुहोस

माओवादी केन्द्रमा १५ प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव प्रस्तुत

1 मिनेट

काठमाडौं, १७ पुष ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी संख्या केन्द्रीय समितिले आवश्यकता अनुसार निर्धारण गर्ने भएको छ । माओवादीको आठौं महाधिवेशन जारी छ । जारी महाधिवेशनको आज सातौं दिन हो । आजको बन्दसत्रमा केन्द्रीय समितिका पदाधिकारी निर्वाचित गर्नेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी आजै निर्वाचित हुने बताएका छन् । विधानमा रहेको बहुपदीय कायम राख्दै पदाधिकारी संख्या केन्द्रीय समितिले आवश्यकता अनुसार निर्धारण गर्ने निर्णय भएको हो । जसमा १५ प्रतिशत मनोनित गर्ने निर्णय भएको छ । माओवादीको विधानमा २९९ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरेको छ । त्यस्तै, १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरिएको छ । यसअघि केन्द्रीय समिति १० प्रतिशत मनोनित गर्ने निर्णय भएको थियो । मनोनित केन्द्रीय सदस्य पनि १० प्रतिशतबाट बढेर १५ प्रतिशत र्पुयाएको हो । त्यस्तै, जिल्ला समन्वय समितले २५ प्रतिशतसम्म मनोनित गर्नसक्ने प्रस्ताव गुरुङले बन्दसत्रमा पेश गरेका छन् । जारी बन्दसत्रमा नेकपा नेता देव गुरुङले विधानसम्बन्धी सो प्रस्ताव अघि बनाएका हुन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।