
काठमाडौं, ०४ पुष ।
आज सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज दिउँसो सम्ममा २ हजार ९ सय ८१ अंकसम्म पुगेको बजार अन्ततः बन्द हुँदा १०.७८ अंकले घट्न पुगेकोे हो । आजको कारोबारपछि नेप्से २ हजार ९ सय ३६ अंकमा कायम भएको छ । आज ४५ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ४१ कम्पनिको सेयरमुल्य घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज ८ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । बैंकिङ २२, होटल तथा पर्यटन ४२ र अन्य उपसमूह २९ अंकले बढेका छन् भने विकास बैंक १३०, फाइनान्स ६९, जलविद्युत ३६, लगानी २, जीवन बीमा १९८, उत्पादन १८६, लघुवित्त ८९, निर्जीवन बीमा १७८ र व्यापार उपसमूह ८५ अंकले घटेका छन् ।