हामीसँग जोडिनुहोस

रु. ५० हजार नगद पुरस्कारसहित भक्तपुर युनाईटेड बन्यो भक्तपुर जिल्ला लिग च्याम्पियन

2 मिनेट

भक्तपुर, ४ माघ : भक्तपुर युनाईटेड एफसीले लोकन्थली एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै आज सम्पन्न भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको खेल मैदानमा भक्तपुर जिल्ला फुटबल संघले गत पुस १० गतेबाट आयोजना गरेको जिल्ला लिग फुटबल प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा च्याम्पियन बनेसँगै भक्तपुर युनाईटेड एफसीले नगद ५० हजारसहित ट्रफी हात पारेको हो । प्रतियोगितामा उपविजेता लोकन्थली एफसीले नगद २५ हजारसहित ट्रफी पाएको छ ।

खेल सुरु भएको ७ औं मिनेटमा भक्तपुर युनाईटेडका मनोज लामाले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने ९ औं मिनेटमै भक्तपुर युनाईटेडकै कष्ण गुरागाईले अर्को एक गोल गर्दै अग्रता लिएका थिए । खेलको ७५ औं मिनेटमा पेनाल्टी मार्फत लोकन्थली एफसीका रोहित गिरीले गोल गर्दै खाता खोलेका थिए । फाईनल खेलका म्यान अफ द म्याच भक्तपुर युनाईटेडका गोलकिपर बिशाल भण्डारी घोषित भए ।

प्रतियोगितामा लोकन्थली एफसीका रोहित गिरीले नगद रु. १० हजारसहित सर्वोत्कृष्ट खेलाडी घोषित भए । जनही नगद पाँच–पाँच हजार पुरस्कारसहित उत्कृष्ट गोलकिपर लोकन्थली एफसीका रिजेन हेका, उत्कृष्ट स्कोरर सर्वाधिक ६ गोल गरेका लोकन्थली एफसीकै आशिष थिङ, उत्कृष्ट रक्षक थिमि युथका समिर श्रेष्ठ, उत्कृष्ट फरवार्ड भक्तपुर युनाईटेडका हरिश कार्की र उत्कृष्ट मिल्डफिल्डर विश्व विनायकका रविन कुटु घोषित भए ।

पुरस्कार वितरण कार्यक्रममा विजयी खेलाडी तथा क्लवलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फाको जिल्ला समन्वय समितिका सहसंयोजक एवम् मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवे, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष किशोर हेका, वरिष्ठ उपाध्यक्ष अनिल हेका, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबँजा श्रेष्ठलगायतले नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गर्नु भयो । प्रतियोगितामा भक्तपुर जिल्लाका १३ वटा टिमको सहभागिता रहेको संघका कोषाध्यक्ष निलेश आचार्यले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।