हामीसँग जोडिनुहोस

गाडी भाडा बढाउन यातायात व्यवसायीको माग

1 मिनेट

काठमाडौं, २१ माघ ।
सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ । डिजल(पेट्रोलको मूल्यले नयाँ रेकर्ड कामय गर्ने क्रम चलिहरँदा सार्वजनिक सवारीका प्रयोगकर्ताहरु यसको मारमा पर्नसक्ने देखिएको छ । २७ असार २०७८ मा सार्वजनिक सवारीको भाडा बढाए यता डिजल(पेट्रोलको मूल्य प्रतिलिटिर १६ रुपैयाँले बढाइसकेको छ । लगातार डिजल(पेट्रोलको मूल्य बढिरहेको भन्दै यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गर्न थालेका छन् । सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले फेरि पेट्रोलियमको मूल्य महंगिँदा लागत उठाउन मुस्किल हुन थालिसकेको बताउँछन् ।

२७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्रीस्तरीय निर्णय गरेका थिए । स्थानीय स्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाउने निर्णय सम्बन्धित प्रदेश र स्थानीय तहले नै निर्णय गरिरहेका छन् । सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १२६ रुपैयाँ र डिजलको १०९ रुपैयाँ हुँदाको अवस्थालाई आधार मानेर भाडा बढाउने निर्णय लिएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ र डिजलको १२५ रुपैयाँ पुगेको छ । फेरि सार्वजनिक सवारी चल्नै नसक्ने अवस्था बनिसकेको सिटौलाको दावी छ । सरकारले असारमा यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको थियो । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको थियो । सरकारले २०६५ सालमा बनाएको वैज्ञानिक भाडा समायोजनको नियमअनुसार इन्धनको मूल्यलाई ३५ र पार्टपूर्जासहितका अन्य खर्चलाई ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिन्छ । महामारीको मारमा परेको व्यवसायलाई थप थिलोथिलो बनाउने गरी पटक(पटक भएको तेलको मूल्यवृद्धिको भार थेग्न सकिने अवस्था नरहेको महासचिव सिटौला बताउँछन् । आफूहरु यात्रुलाई सुलभ दरमा सेवा दिन तयार भएपनि सरकारले उचित वातावरण बनाउनुको सट्टा थप बिगार्ने गरी मूल्य बढाइरहेको गरिरहेको व्यवसायीको आरोप छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।