हामीसँग जोडिनुहोस

राष्ट्रिय उपभोक्ता मञ्चद्धारा बिभिन्न वस्तु आयातमा खुलाइएको कोटा खारेज गर्न माग

1 मिनेट

काठमाडौं, ३० फागुन ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सुपारी, केराउ, छोकडा, मरिचजस्ता वस्तु आयातमा खुलाइएको कोटा खारेज गर्न माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसदको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा ती वस्तुको आयात रोक्न माग गर्दै उजुरी गरेको मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले बताउनुभयो । महँगीको बेला भइरहेको उच्च आयातका कारण देशको अर्थतन्त्रको कमजोर बनेको बोला सरकारको केराउ, सुपारी, छोकडा र मरिचको आयात कोटा तत्काल खारेज गर्नु पर्ने मर्हजनले पेश गरेको उजुरीमा उल्लेख छ ।
विगतका वर्षहरुमा जस्तै सुपारी, मरिच र छोकडा भारतमा तस्करी भएर जाने भन्दै मञ्चले वैदेशिक मुद्रा अनावश्यक खर्च हुने र तस्करी व्यापारलाई बढावा दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । उपभोक्तालाई कुनै लाभ नहुने असान्र्दभिक कामले नेपाल सरकार र प्रधानमन्त्रीको छवीमै आँच आउने भन्दै मञ्चले निर्णय तत्काल खारेज गर्न आग्रह गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।