
काठमाडौं, ०२ चैत ।
सरकारले संसदको अधिवेशन अन्त्य गरेसँगै प्रतिनिधि सभामा छलफलको क्रममा रहेको प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरूद्धको महाअभियोग रोकिएको छ । राणाविरूद्ध ९८ सांसदले दर्ता गराएको महाअभियोग प्रतिनिधि सभामा छलफलका लागि प्रस्तुत भएको थियो। सम्भवतः आजको बैठकमा उक्त प्रस्तावमाथि छलफल हुने कार्यक्रम थियो।
सरकारले महाअभियोगको प्रस्तावमा छलफल अघि नै अधिवेशन अन्त्य गरेपछि अब महाअभियोगको प्रक्रिया लम्बिएको छ। सम्भवतः सरकारले अब अर्को अधिवेशन स्थानीय तहको निर्वाचनपछि बजेट ल्याउनुअघि मात्र बोलाउने सम्भावना छ। यस्तोमा राणाविरूद्धको महाअभियोगको प्रक्रिया कम्तीमा २ महिना पर सर्न गएको छ।