हामीसँग जोडिनुहोस

चैतभित्र मेलम्चीको पानी काठमाडौं पुर्‍याउनू : खानेपानीमन्त्री चौधरी

1 मिनेट

काठमाडौं, ०२ चैत्र ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजना र निर्माण व्यवसायी सिनो हाइड्रोलाई चैत महिनाभित्र काठमाडौंमा पानी पुर्‍याउन निर्देशन दिनुभएको छ । आज खानेपानी आयोजनास्थल मेलम्ची मुहान अम्बाथान पुगेका मन्त्री चौधरीले चैतभित्र मेलम्चीको पानी काठमाडौंमा झार्न निर्देशन दिनुभएको हो । विभिन्न माग राखेर स्थानीयले आयोजनास्थलमा पुनर्निर्माण कार्यमा अहसजता सिर्जना गरेपछि मन्त्री आयोजनास्थल पुग्नुभएको हो । त्यसक्रममा उहाँले बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले अस्थायी रूपमा चैत मसान्तसम्म काठमाडौं उपत्यकामा पानी पुर्‍याउने गरी काम भइरहेको जानकारी दिनुभएको छ । बाढीपीडितले तटबन्ध गरी बस्ती संरक्षण, मेलम्ची–इन्द्रावती करिडोर एकीकृत विकास परियोजना कार्यान्वयन गर्न, नदीलाई पुरानै धारमा बहाउन र बस्ती संरक्षण गर्न बजेट छुट्टयाएर काम अघि बढाउन माग समेत गर्नुभएको छ ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।