
भक्तपुर, १३ बैशाख : अबैध रुपमा यसवर्षदेखि सञ्चालित विद्यालयको भर्ना तत्काल रोकेर विद्यालय बन्द गराउन माग गर्दै सूर्यविनायकका १३ वटा संस्थागत विद्यानलयले माग गरेका छन् ।
रफत सञ्चार क्लबमा आज संस्थागत विद्यालयहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिका वडा नं. ८ दार्जिलिङ हाइटमा सञ्चालित नेपाल एरा ऐकेडेमीले गैरकानुनी रूपमा शैक्षिक भर्ना कार्यक्रम सञ्चालन गररहेको भन्दै अबैध रुपमा सञ्चालित उक्त विद्यालय तत्काल बन्द गर्न माग गरेको हो ।
अबैध विद्यालय बन्द गर्न माग गर्दै १३ वटा अन्य संस्थागत विद्यालयले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई ज्ञापन पत्र बुझाएर पत्रकार सम्मेलनको आयोजना गरेको बताउदै रुबी भ्याली स्कुलका प्रिन्सिपल रत्न राईले अबैध रुपमा सञ्चालित नेपाल एरा ऐकेडेमीलाई बन्द गराउन माग गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकामा सञ्चालन भएर पटक पटक बन्द हुदै भक्तपुर नगरपालिकाबाट ठाउँ सारीको सहमति समेत नलिई शिक्षा ऐन अनुसार नजिकका दुई विद्यालयसंगको सहमति विपरित एकतर्फी रूपमा विद्यार्थी भर्ना अभियान चलाउनु गैरकानुनी रुपमा विद्यार्थी भर्ना गरेकोले नगरपालिकासंग तत्काल विद्यार्थी भर्ना रोक लाउन माग गरेका हौँ ।”
ऐकेडेमीको गैरकानुनी क्रियाकलापका विरुद्ध सूनपाका प्रमुख वासुदेव थापालाई भेटेर ज्ञापन पत्र बुझाएर विषयवस्तु अवगत गराउँदा प्रमुख थापाले नगरको शिक्षा कानुनविपरीत कुनै पनि विद्यालय सञ्चालन गर्न आफूले रोक लगाउने आश्वासन दिएको उहाँले बताउनुभयो ।
राईले भन्नुभयो, “सुरुमा त्यो विद्यालय पारामाउन्टको नाममा पूर्व प्राथमिक कक्षासम्म मात्र भक्तपुर नगरपालिकामा सञ्चालित थियो । चार वर्ष अगाडि भक्तपुर नगरबाट स्थानान्तरण पत्र नल्याई सूनपा–७ गुण्डुमा सञ्चालन भएपछि वडा अध्यक्ष रबिन्द्र सापकोटाले कारबाही गर्छु भन्नु भएको थियो, तर अहिले. सूनपा–८ दार्जिलिङ हाइटमा नजिकका विद्यालयको सहमति नलिई स्थानान्तरण नगरी र अनुमति पनि प्राप्त नगरि कक्षामा भर्ना अभियान सञ्चालन गरिहेको छ, वडाध्यक्ष अहिले केही कारबाही नगरी के हेरे बस्नु भभएको छ, के स्वार्थ छ, हामी खोजिरहेका छौँ ।”
एन प्याब्सन भक्तपुरका अध्यक्ष एवं सूर्यविनायक नगर शिक्षा समितिका सदस्य सञ्जय खड्काले नगरपालिका शिक्षा समितिको बैठकले उक्त विद्यालय सञ्चालनको अनुमति नदिएको जानकारी दिदै तत्काल अबैध विद्यालयमा भर्ना रोकेर त्यहाँ गएका विद्यार्थीको भविश्य अन्योल हुनबाट जोगाउनु पर्ने बताउनुभयो ।
विद्यालयले नक्कली कागजपत्र तयार पारेर खुल्ला रुपमा बिज्ञापन गरेर बिना अनुमति कक्षा ६ सम्म निःशुल्क भर्ना खोल्ःदा पनि नगरपालिका टिप्पणी उठाएर शिक्षा नियम विपरित चलाउने अनुमित दिएको भभन्दै विद्यालय सञ्चालकले भभन्दा पनि नगरपालिकाले कारबाही नगरी संरक्षण गरेको पत्रकार सम्मेलनमा विद्यालय सञ्चालकहरुले बताएका छन् ।
ज्योति ज्ञान ऐकेडेमीका सञ्चालक देवानन्द त्वातीले कुनैपनि विद्यालय सञ्चालन गर्न कानुनअनुसार कि त गुथीमा जानुपर्ने वा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनुपर्ने भभएपनि नेपाल एरा ऐकेडेमीले कानुनबमोजिम उक्त दुबै प्रावधान पूरा नगरेको बताउनुभयो । प्रसादी पाठशालाका सञ्चालक दिनेश शाक्यले नगरपालिकाले तत्काल उक्त विद्यालयको भर्ना नरोके सूर्यविनायकमा सञ्चालित सस्थागत विद्यालयहरु आन्दोलनमा जान बाध्य हुने बताउनुभयो ।