
काठमाडौं, ०९ चैत्र ।
आज नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो मंगलबारको तुलनामा आज १ हजार १ सयले घटेको सुनचाँदी महासंघले जानकारी दिएको हो । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ पुगेको थियो । यस्तै, तेजाबी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ थियो । आज छापावाल सुनको मूल्य १ हजार १ सयले घटेसँगै तोलामा ९९ हजार २ सय रुपैयाँमा आइपुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९८ हजार ७ सय रुपैयाँ छ । सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १ हजार ३ सय ९५ रुपैयाँ थियो ।