हामीसँग जोडिनुहोस

१८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिपमा आज नेपाल र बंगलादेश खेल्दै

0 मिनेट

काठमाडौं, ०९ चैत्र ।
१८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दैछन् । भारतको जमसेदपुरमा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । च्याम्पियनशिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो । नेपाल, भारत र बंगलादेश सहभागी च्याम्पियनशिपमा नेपालले अंक जोड्न सकेको छैन । तीन खेल खेलेको नेपाल पुछारमा छ । ९ अंकसहित भारत शीर्ष र तीन अंकसहित बंगलादेश दोस्रो स्थानमा छ । डबल राउण्ड रोबिनको आधारमा चलिरहेको च्याम्पियनशिपमा शीर्ष टोलीले उपाधि जित्नेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।