हामीसँग जोडिनुहोस

नयाँ वर्षको अवसरमा औद्योगिक व्यापार मेलाको आयोजना हुने

2 मिनेट

भक्तपुरको सल्लाघारी स्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा मेलाको आयोजना गरिने, मेलामा २०० भन्दा बढी स्टल रहने, सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुट दिने,  मेलामा प्रवेशका लागि विद्यार्थीलाई रु. ४० र अन्यका लागि रु. ५० शुल्कको व्यबस्था 

==============================================================

भक्तपुर, ९ चैत : नयाँवर्षको अवसरमा औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले छैठौँ भक्तपुर औधोगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ को आयोजना गर्ने भएको छ । आज यहाँ संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दिप महतले कोभिड–१९ का कारण दुई वर्ष मेला आयोजना हुन नसके पनि यस वर्ष भने मेला आगामी चैत्र २४ गतेदेखि बैशाख ४ गतेसम्म ११ दिनसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

नयाँ वर्षको अवसरमा आयोजना गर्न लागेको मेलामा एउटै छानामुनी उपभोक्ताले चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउने उदेश्यले बृहत औद्योगिक तथा व्यापार मेला आयोजना गर्न लागेको उहाँले बताउनुभयो । भक्तपुरको सल्लाघारी स्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा मेलाको आयोजना गरिने जानकारी दिदै उहाँले मेलामा २०० भन्दा बढी स्टल रहने बताउनुभयो ।

पत्रकार सम्मेलनमा मेलाका संयोजक दीपक थापाले मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण उपभोग्य सामग्रीह औधोगिक उत्पादन, सूचना तथा बिज्ञान प्रबिधि, ग्रामिण प्रबिधि, अटो मोवाइल, विद्युतीय मेशिन कृषि औजार, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, साँस्कृतिक, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाँडाकुडाको प्रर्दशनी, एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा बिबिध प्रस्तुती रहने संयोजक थापाले जानकारी दिनुभयो ।

सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएको जानकारी दिदै उहाँले करिब मेलामा करिब पाँच लाख भन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ भने करिब ८ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौना, राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य, नृत्य तथा गीत गायनको प्रस्तुती रहने जानकारी दिदै उहाँले नृत्य प्रतियोगितासमेत गरिने बताउनु भयो ।
मेलामा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दा यसबाट लाभ लिन सक्ने मेलाका आयोजकले बताएका छन् । मेलामा प्रवेशका लागि विद्यार्थीलाई रु. ४० र अन्यका लागि रु. ५० शुल्कको व्यबस्था गरिएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।