
काठमाडौं, २० चैत्र । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लगातार दोस्रो जित निकालेको छ ।
हिजो गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो । पुणेमा १ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र बनायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनायो । २ खेलमा २ जित निकालेको गुजरात ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दिल्ली २ खेलमा १ जित र १ हारका साथ २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।