हामीसँग जोडिनुहोस

नवनियुक्त मन्त्री शर्माद्वारा शपथ ग्रहण

0 मिनेट

काठमाडौं, २४ चैत्र ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला ले शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । गैरसांसद शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान कानुन मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएको थियो । गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । नेकपा एमाले विभाजनपछि अधिवक्ता समेत रहनुभएका शर्मा नेकपा एकीकृत समाजवादी पार्टी निकट हुनुहुन्छ । अमेरिकी सहायता परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणा तयार गर्न उहाँको भूमिका रहेको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।