हामीसँग जोडिनुहोस

निर्वाचनका लागि प्रतिनिधि छनोटको विषयमा उजुरी परेपछि तत्कालका लागि एन्फाको निर्वाचन स्थगित

1 मिनेट

काठमाडौ, २५ चैत्र ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि प्रतिनिधि छनोटको विषयमा उजुरी परेपछि तत्कालका लागि निर्वाचन प्रक्रिया स्थगित भएको छ। सी डिभिजन क्लबको मताधिकार सम्बन्धी लिखित उजुरी परेपछि निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको हो। प्रतिनिधि छनोटको विषयमा विवाद भन्दा पनि बी र सी डिभिजन क्लबबाट प्रतिनिधि छनोट गर्ने क्रममा केही अस्पष्टता रहेको र छन्, क्लबबाट मताधिकारको अधिकार लिएर आएका प्रतिनिधि छनोट गर्ने क्रममा केही अस्पष्टता देखिएको निर्वाचन संयोजक श्रीराम दवाडीले बताउनुभयो ।
यो विषयमा निर्वाचन निर्देशिका विपरित नहुने गरी गर्न एन्फाको केन्द्रीय अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव रहेको सचिवालयले जानकारी दिनेछ। ’एन्फा निर्वाचन निर्देशिकाको १, २ अनुसार निर्वाचन कार्यक्रम प्रकाशन र मतदाता नामावली सार्वजनिक भइसकेको छ। तेस्रो नम्बरदेखिको प्रक्रिया केन्द्रीय समितिबाट खुलाई आउनसाथ काम अघि बढाउने संयोजक दवाडीले बताउनुभयो ।

एन्फा निर्वाचन सम्बन्धमा सी डिभिजन मताधिकारका लागि ओसिस क्लबका अध्यक्ष उत्तम बस्नेतले निर्वाचन प्रक्रियामा प्रतिनिधिहरुको विषयमा लिखित निवेदन उजुरी दिनुभएको थियो । सो सम्बन्धमा एन्फा सचिवालयबाट निर्वाचनको कागजात र प्रक्रियाको पूर्ण विवरण नआउँदासम्म निर्वाचनको सबै काम स्थगित भएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।