हामीसँग जोडिनुहोस

चारवटै नगरपालिकामा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय सञ्चालन

1 मिनेट

भक्तपुर, ८ बैशाख : आगामी ३० गते हुने स्थानीय तहको निर्वाचका लागि भक्तपुरमा आज मूख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि सञ्चालनमा ल्याएको छ । निर्वाचनका लागि जिल्लाका चार वटै नगरपालिकामा आजबाट कार्यालय स्थापना गरि सञ्चालनमा ल्याएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनु भयो ।

जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुर नगरपालिका–२ स्थित जनज्योती पुस्तकालयको पुरानो भवन दरवार स्क्वायरमा स्थापना गरिएको छ । त्यस्तै मध्यपुरथिमि नगरपालिकाको लागि कृषि विकास बैंकको तालिम केन्द्र बोडे, सूर्यविनायक नगरपालिकाको लागि राष्ट्रिय प्राणी उद्यान सूर्यविनायक, चाँगुनारायण नगरपालिकाको लागि नेपाल विद्युत प्राधिकरण केन्द्र खरिपाटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको उहाँले जानकारी दिनु भयो ।

भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिस एवं मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला, निर्वाचन अधिकृतको कार्यालयहरु मध्यपुुरथिमि बोडेमा मैंया खड्का, चाँगुनारायणमा फणेश्वरी घिमिरे, सूर्यविनायकमा सरिता खतिवडा निर्वाचन अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्नु भएको उहाँले जानकारी दिनु भयो ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै प्रमुख जिल्ला अधिकारी शर्मा, सुरक्षाकर्मीको टोलीलगायतले अनुगमन गरेको छ । साथै आज प्रजिअ शर्मा, मुख्य निर्वाचन अधिकृत, सुरक्षाकर्मीसहितको टोलीले मतदान केन्द्रको समेत अनुगमन गर्ने भएको छ ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।