
काठमाडौँ, ०८ वैशाख ।
विश्वकप सुपर लिग अन्तर्गत नेदरल्याण्ड्सले आगामी अगस्टमा पाकिस्तानी टोलीसँग खेल्ने भएको छ। यी दुई टोलीबीच तीन एकदिवसीय खेलको सिरिज हुन लागेको हो। यो सिरिज जुन २०२० मा नै खेल्ने भनिएपनि कोरोनाका कारण स्थगित भएको थियो। यो सिरिज दुई देशबीचको पहिलो एकदिवसीय सिरिज हुनेछ। तीनवटै खेल अगस्ट १६, १८ र २१ मा भिओसी क्रिकेट मैदानमा हुनेछन्। नेदरल्याण्ड्स हाल सुपर लिगको तालिकामा १० खेलमा दुई जितसहित १३औं स्थानमा छ भने १२ खेलमध्ये ६ खेलमा जित निकालेको पाकिस्तान नवौं स्थानमा छ। शीर्ष सात टोली र भारतमा २०२३ मा हुने पुरुष विश्वकपका लागि सिधै छनोट हुनेछन् ।