हामीसँग जोडिनुहोस

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिका लागि सुझाव माग

1 मिनेट

काठमाडौं, २३ जेठ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९ ८० का लागि मौद्रिक नीतिको सुझाव माग गरेको छ । केन्द्रिय बैंकले आज एक सूचना प्रकाशित गर्दै प्रत्येक बर्ष सार्वजनिक गर्दै आएको मौद्रिक नीतिका लागि सुझाव माग गरेको हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ । आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम, अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक भएलगत्तै केन्द्रीय बैंकले पनि मौद्रिक नीतिको तयारी सुरु गरेको हो । प्रत्येक वर्ष बजेटपछि सरकारी नीतिलाई सहयोग गर्ने गरी राष्ट्र बैंकले मुलुकको समग्र वित्तीय क्षेत्र, आयात÷निर्यात (वैदेशिक व्यापार), बैंकिङ नीति, लक्षित आर्थिक वृद्धिलाई सहयोग पुग्ने हिसाबले मौद्रिक नीति तयार गर्ने गर्छ । आगामी आर्थिक वर्षका लागि बैंकले तयार गर्दै गरेको मौद्रिक नीतिका लागि सुझाव दिन चाहनु हुनेहरुले बैंकको आर्थिक अनुसन्धान विभागलाई monetarypolicy@nrb.org.np वा एन.आर.एन.ए. भवन बालुवाटार काठमाडौँको फोन नम्बर ०१–४४१७४९७ मा सम्पर्क गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।