
काठमाडौं, ८ असार । घरेलु टोली श्रीलंकाले चौंथो एकदिवसीय अन्तराष्ट्रियमा अष्ट्रेलियालाई हराएको छ । कोलम्बोमा गएराति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ४ रनले हराएको हो ।
यस जितसँगै श्रीलंकाले पाँच खेलको सिरिज एक खेल अगाबै ३(१ ले जितेको छ। श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको हो । श्रीलंकाले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ५४ रन मात्र बनाउन सक्यो ।अष्ट्रेलियाका लागि डेभिड वार्नरले ९९ रनको अर्धशतकीय इनिङ खेले । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ५८ रन बनाएको थियो ।