
भक्तपुर, ७ असार : बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका–६ घरभई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरेलाई महानगरीय प्रहरी बृत्त जगातीको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनु भयो ।
घिमिरेले बिभिन्न १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी दुई करोड ३२ लाख ४० हजार रुपैयाँ बराबरको बैंकिङ कसुर गरी फरार रहेको उहाँले जानकारी दिनु भयो । पक्राउ गरी प्रहरी बृत्त जगातीको हिरासतमा राखेर घिमिरे माथि थप अनुसन्धान अगाडि बढाएको छ ।