हामीसँग जोडिनुहोस

अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने ठाउँको समस्या

1 मिनेट

काठमाडौं, १० असार ।
अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने ठाउँको समस्या भएको छ ।
भूकम्पबाट बच्न सफल भएका नागरिकले आफूहरुलाई खानेकुरा र बस्ने बासको समस्या भएको गुनासो गरेका बीबीसीले जनाएको छ ।
पाक्तिका प्रान्त भूकम्पबाट सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ एक हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । तीन हजारभन्दा धेरै मानिस घाइते भएको अनुमान छ । गाउँमा माटो र ढुङ्गाबाट बनेका प्रायः सबै घर क्षतिग्रस्त भएका छन् ।
तालीबान सरकारले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा राहत तथा पुनस्र्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको छ । पहिले नै गम्भीर मानवीय सङ्कटसँग जुझिरहेको आफगानिस्तानमा पछिल्लो भूकम्प अर्को सङ्कट बनेको छ । त्यहाँ सम्भावित हैजा तथा अन्य सरुवा रोगको जोखिम पनि बढेको छ।
पीडितलाई सहयोग गरिरहेको संयुक्त राष्ट्र सङ्घले हैजाको प्रकोपको सम्भावित जोखिमको चेतावनी दिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।