हामीसँग जोडिनुहोस

ललितपुर महानगरले डा.सत्यमोहन जोशी एकेडेमी स्थापना गर्ने घोषणा

1 मिनेट

काठमाडौं,१० असार ।
ललितपुर महानगरपालिकाले ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने घोषणा गरेको छ । महानगरपालिकाले शुक्रबार नीति तथा बजेट प्रस्तुत गर्दै महानगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै संघसंस्थाको सहकार्यमा एकेडेमी खोल्ने घोषणा गरेको हो ।
साथै नागरिकलाई नैतिकवान स्वावलम्बी एवम् असल समाज र असल चरित्र निर्माण गर्न महानरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बौद्ध परियति शिक्षालाई ऐच्छिक पाठ्यक्रमका रुपमा समावेश गर्ने नीति लिने जनाएको छ ।
ललितपुर महानगरपालिकाले नीति तथा बजेट मार्फत एक वडा एक सामुदायिक सिकाई केन्द्र स्थापना गर्ने, नगर स्तरीय आवधिक शिक्षा योजना निर्माण गर्ने, कक्षा ८ सम्म नेपाल भाषाको पाठ्यक्रम÷पाठ्यपुस्तक तयार गरी कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।
महानगरले विद्यालयको पूर्वाधार र जनशक्तिको आधारमा पाँच विद्यालयमा स्टिम कार्यक्रम सञ्चालन गर्ने, विद्यालय स्तरमा खेलकुल कार्यक्रमलाई प्रोत्साहन गर्न माध्यामिक स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने घोषणा पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।