हामीसँग जोडिनुहोस

निर्देशक पाण्डेको डकुमेन्ट्री सहायक श्रीमान्ले अमेरिकामा उत्कृष्ट अवार्ड जित्यो

1 मिनेट

काठमाण्डौ, साउन २३ ।
निर्देशक गणेश पाण्डेको डकुमेन्ट्री फिल्म सहायक श्रीमान् ुको–हजबेन्डु ले अमेरिकामा उत्कृष्ट अवार्ड जितेको छ । अमेरिकाको एटलान्टामा भएको आठौँ कब इन्टरनेशनल फिल्म फेस्टिबलमा डकुमेन्ट्री फिल्म सहायक श्रीमान्को–हजबेन्डले उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको हो ।

अवार्ड जितेपछि निर्देशक पाण्डेले खुसी व्यक्त गर्दै डकुमेन्ट्री निर्माण र अमेरिकामा सहभागी हुन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । यसअघि पनि यो डकुमेन्ट्रीले देश र विदेशमा विभिन्न अवार्ड जितिसकेको छ ।

डकुमेन्ट्रीले नेपालको बहुपति प्रथालाई विषयवस्तु बनाएको छ । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । घरमा जति दाजुभाइ छन् सबैले एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । यही विषयलाई निर्देशक पाण्डेले पहिलो पटक पर्दामा उतार्नुभएको हो ।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।